१३ कार्तिक २०८३, शुक्रबार

रक्सी खाएर कुटपिट गर्दा मुत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Deukhuriदाङ, २८ पुस । कुटपिटबाट घाइते एक व्यक्तिको पाँच दिनपछि उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षीय ध्वजबहादुर केसीको स्थानीय युवाको कुटपिटवाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केसीलाई पुस २३ गते स्थानीय चारजना मदिरा सेवन गरेका युवाले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते केसीको उपचारका क्रममा आज बिहान सवा १ बजे कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको प्रहरीले बताएको छ । रासस