१३ कार्तिक २०८३, शुक्रबार

सप्तरीका विभिन्न ठाउँमा कर्फ्यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police

सप्तरी, २८ पुस । पूर्वपश्चिम राजमार्गको भारदह, रुपनी र राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी नै राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै छ ।

यस्तै पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडक खण्डको ५०० मि उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र कायमै रहेको बताइएको छ ।

गत मङ्सिर ६ गते प्रहरीको गोलीबाट तीन आन्दोलकारी र आन्दोलनका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि भारदह र रुपनीमा निषेधित क्षेत्र कायम गरिएको थियो । रासस