१३ कार्तिक २०८३, शुक्रबार

गर्भवती महिला हत्याको आरोपमा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorबैतडी, २८ पुस । गर्भवतीकोे हत्याको आरोपमा बझाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दङ्गाजी्-२ का २७ वर्षीय देवीलाल जोशी र २५ वर्षीय प्रकाश जोशी रहेको जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो । दङ्गाजी-५ निवासी २५ वर्षीय पार्वतीदेवी जोशीको आइतबार साँझ शङ्कास्पद मृत्यु भएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले उनीहरु दुवैले मिलेर हत्या गरेको भनी प्रहरीलाई जानकारी गराएकाले पक्राउ गरिएको हो । ती महिला घाँस काटी घर ल्याउन घाँस बाँधिसकेको अवस्थामा उनको पिपलकोट भन्ने ठाउँबाट झन्डै ३५ मि तल घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतकको पेटमा पाँच/छ महिनाको शिशुसमेत रहेको प्रहरीले बताएको छ । अभियुक्त दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो । रासस