१३ कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि विनाशकारी भूकम्प जानसक्ने वैज्ञानिकको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौं, २८ पुस । बेलायतका वैज्ञानिकहरुले नेपालमा फेरि विनाशकारी भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।

लण्डनका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा पुनः विनाशकारी भूकम्प जानसक्ने उच्च सम्भावना रहेको औंल्याइएको हो ।

वैज्ञानिकहरुले नेपालमा गत वैशाख १२ मा आएको विमानकारी भूकम्पसँग सम्बन्धित तथ्यहरु अध्ययन गरेर सो निष्कर्ष निकालेको समाचार संस्था बीबीसीले जनाएको छ ।

बीबीसीका विज्ञान मामिला संवाददाता जोनाथन एमोसका अनुसार नेपालमा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प ‘टेक्टानिक प्लेट्स’ एक आपसमा ठोक्किएका कारण आएको हो । स्याटलाइट डाटाबाट वैज्ञानिकले हिमालयको दक्षिणी भागमा ११ किलोमिटटको क्षेत्रमा भूगर्भीय चट्टानमा धेरै चलायमान भएको बीबीसीका विवरणहरुमा उल्लेख छ ।

वैज्ञानिकले त्यही चलायमानका कारण हिमालयको उचाई प्रत्येक वर्ष केही मिलिमिटर बढ्ने गरेको जनाएका छन् । वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पबाट ९ हजार मानिसले ज्यान गुमाएका थिए ।