१३ कार्तिक २०८३, शुक्रबार

दैनिक गिट्टी कुटेरै गुजारा चल्छ सेती किनारका महिलाहरुको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-Mahbila
डोटीको सेती नदी किनारमा गिट्टी कुट्दै बन्लेक ५ की ६० वर्ष नाघेकी मैना कामी ।

– झलक पाली
डोटी, २८ पुस । डोटीको सेती नदी किनारमा आजभोली धेरै जसो ठाउँमा बिहानदेखि साँझसम्म महिलाहरु देखिन्छन् । बिहान बेलुकी पानी भर्ने बेलामा होस् या दिनमा गिट्टी बालुवा संकलनका लागि होस् महिला देखिन्छन् ।

सेती नदीको किनारमा ठाउँ-ठाउँमा गिट्टी कुट्ने, ढुङ्गा र बालुवा जम्मा गर्ने तथा गाडीमा लोड गर्ने लगाएतका काममा प्राय महिलाहरु खटेको देखिन्छ ।

कुरो यहि पुस २७ गते सोमबारको हो, बन्लेक गाविस ५ थाप्साकी मैना कामीलाई गिट्टी कुट्न भ्याई नभ्याई थियो । उमेरले ६० ढल्कीसकेकी मैनाले ५ छोराको जन्म दिएकी रहिछन् । जसमध्ये २ छोराको विवाह भएर छोराछोरीहरु जन्मिसकेपछि बिरामीकै कारण अकालमै मृत्यु भईसकेछ । अहिले ३ छोराहरु छन् । उनीहरुको पनि विवाह भएर छोराछोरी भईसकेका छन् ।

मैनाका श्रीमानको मृत्यु भएको पनि १०/१२ वर्ष भईसकेको रहेछ । मैनाले ५ छोराको जन्म दिएता पनि २ छोरालाई अकालमै गुमाउनु र ३ छोराहरु अलग्गिएर बसेपछि दैनिकी चलाउन सेती नदीको किनारमा उनको अधिकांश समय बित्ने गर्दछ ।

मैना भन्छिन्–‘जग्गाका नाममा घरबास बाहेक कमाई खाने जग्गा जमीन छैन, सबै छोराहरु अलग्गीएर बसेपछि खाने गुजारा त गर्नैप¥यो, त्यसैले दैनिक गिट्टी कुटेर गुजारा चलाउँछु ।’

एउटा खातको (एक ठाउँमा जम्मा गरि राखिएको) गिट्टीको मूल्य दामासायी ३ हजारदेखि ४ हजारसम्म मूल्य पाउनेगरेको र शारीरिक अवस्था कमजोर रहेका कारण एउटा खात गिट्टी जम्मा गर्न झण्डै डेढ महिना समय लाग्ने गरेको उनी बताउँछन् । स–साना नाति–नातिना समेत साथैमा नदि किनारमा लगेकी मैनाले घरायसी अवस्था कमजोर रहेका कारण नाति–नातीनालाई समेत खानेकुरा किनेर दिने गरेको उनी बताउँछिन् ।

त्यस्तै बन्लेक ८ बडेखोलाकी सलिना सार्की पनि गिट्टी कुट्ने बालुवा छान्ने र गाडीमा लोड गर्ने लगाएतका काममा दिन बित्ने गरेको बताउँछिन् । उमेरले १८/२० वर्षकी देखिने सलिनाको सोमबारट्रिप्परमा गिट्टी लोड गर्दै थिईन् । अपरिचित मान्छेसँग बोल्न समेत लजाउने उनले तागत हुञ्जेल त यस्ता काम गर्न सकिने तर पछि के गर्ने र कसरी गुजारा चलाउने चिन्ता व्यक्त गरिन् ।

गाविस स्तरमा विभिन्न सरकारी तथा गैर सरकारी निकायका कार्यक्रम सञ्चालन भईरहेका हुन्छन् । तर उनीहरुलाई कुनै प्रवाह छैन, केवल चिन्ता छ त गिट्टी कुट्ने, बालुवा छान्ने कामको मात्रै । नगरुन् पनि कसरी ? आँखिर रोजीरोटी पनि यहि नै हो उनिहरुका लागि ।

उनीहरुका गाउँमा रहेका पुरुषहरु कि त भारततिर काम गर्न गएका हुन्छन्, कि चिया पसलमा गफ चुट्दै बस्छन् । भारत गएकाहरु पनि कतिपयले कमाएको धनपैंसा विभिन्न फँजुल खर्च गर्ने गरेकाले घर परिवारसम्म पु¥याउँदैनन् । यो सबै शिक्षाको अभावका कारण हो ।

यि त केवल प्रतिनिधी पात्र मात्रै हुन् । मैना र सलिना जस्ता सयौं महिलाको दैनिकी सेती नदि किनारमा र सडक नजिकका खोलाका किनारमा गिट्टी कुट्ने, बालुवा छान्नेमै बित्ने गरेको छ ।

ती महिलाहरुलाई न त नेपालसरकारले स्थानीय निकायमार्फत प्रदान गर्ने लक्ष्यीत वर्गको रकम बारे थाहा छ, न त चासो नै ।

यी र यस्तै महिलाका बारेमा सरकारले नीतिगत व्यवस्था गरी व्यवहारिक र प्रभावकारी कार्यान्वयन नगरेसम्म उनीहरुको जीवनस्तर यसरी नै चल्नेछ ।

संविधानमा महिला पुरुष समानताका कुरा खोक्रा आदर्श मात्रै बन्ने छन् । त्यसैले व्यवहारिक समानताका लागि सर्वपक्षियचासो र सरोकारको विषय बन्नु जरुरी देखिन्छ ।