मुम्बई । यही २२ जनवरीमा रिलिज हुन लागेको बलिउड फिल्म ‘क्या कूल है हम ३’को ट्रेलरले धुम मचाएको छ ।
यूट्वमा यो फिल्मको ट्रेलरलाई करोडौँ दर्शकले मनपराएर हेरेका छन् । ट्रेलरमा देखाइएका दृश्यले फिल्म हास्य र रोमान्टिक विषयमा केन्द्रित रहेको प्रष्ट हुन्छ ।
फिल्मका केही दृश्य अत्यन्तै सेक्सी र भद्दा रहेको टिप्पणी आएका छन् । र त्यो दृश्य ट्रेलरमा देख्न पाइन्छ ।
ट्रेलरलाई बिना सेन्सर इन्टरनेटमा राखिएको छ । जसमा युवतीका अत्यन्तै सेक्सी दृश्य समेत देखाइएका छन् । यसको आलोचना पनि भएका छन् ।
सेन्सर बोर्डले ‘क्या कूल है हम ३’का दृश्यलाई लिएर अलि गम्भीर भएका समाचार बाहिरिएका छन् । बोर्डले यो फिल्मलाई १ सय ५० जति दृश्य काट्न भनेको छ ।
फिल्मको अडियो र भिडियो दुबैप्रति बोर्डको अपात्ति रहेको छ । फिल्मलाई आएको दबावपछि निर्माता चिन्तामा डूबेका छन् । एजेन्सी















प्रतिक्रिया