जाजरकोट, २७ पुस । प्रेस चौतारी नेपाल जाजरकोटको तेस्रो अधिवेशनले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ ।
चौतारीको आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा रामकुमार शाही, सचिवमा भरत शर्मा, सहसचिवमा पवन शर्मा र कोषाध्यक्षमा सुरिता बस्नेतलाई निर्वाचित गरेको छ ।
त्यस्तै सपना वली, दलबहादुर सिंह, विमल विश्वकर्मा र खगेन्द्र बोहरा सदस्यमा चुनिएको चौतारी जिल्ला शाखाले जनाएको छ । रासस












प्रतिक्रिया