रौतहट, २७ पुस । सदरमुकाम गौरमा आयोडिन नुनको अभाव भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्द, हड्तालका कारण सदरमुकाम गौरमा केही सातायतादेखि आयोडिन नुनको अभाव भएको हो । बन्द कारण गौरमा नुनलगायत अन्य सामग्री पुग्न सकेको छैन ।
आयोडिन नुनको अभावमा सदरमुकामवासी भारतीय नुनको प्रयोग गर्न बाध्य छन् । रासस












प्रतिक्रिया