१३ कार्तिक २०८३, शुक्रबार

भक्तपुरमा घुम्न हिडेका १० जनामध्ये एकको मृत्यु, ९ खेतमा मात्तिएको अवस्थामा भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpur

भक्तपुर, २७ पुस । रमाइलो गर्न जाँडको निगार खाएका एक युवकको शनिबार मृत्यु भएको छ ।

दिउँसो घुम्न हिँडेको दश जना युवकमध्ये भक्तपुर नगरपालिका–१२ बस्ने वर्ष २२ का सुरज प्रजापतिको शव बाटोबाट १० मिटर तल खोल्सामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले आज जानकारी दिनुभयो ।

प्रजापतिसहित १० जना टोलीले सूर्यविनायक नगरपालिका–७ ठूला गाउँस्थित शान्ति तामाङको भट्टी पसलमा जाँडको निगार खाएको अनुसन्धानबाट खुलेको छ ।

निगार खाएर फर्केका अन्य भने मात्तिएर खेतमा लडिरहेको अवस्थामा भेटिएको थियो । प्रहरीले सँगै घुम्न जाने नौ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस