१३ कार्तिक २०८३, शुक्रबार

महोत्तरीमा आठ वर्षीय बालक अपहरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidnap-babyगौशाला, २७ पुस । महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन् ।

भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ । सो बालकलाई गएराति ७ बजेको समयमा भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर जिल्लाको बर्दिबासबाट आएका रोहन भन्ने साथीलाई दिएर अपहरण गराएको अपहृत बालकका बुबा रवीन्द्र महासेठले आरोप लगाउनुभएको छ ।

परिवारजनसहित छिमेकीले रातभरि बालक महासेठलाई सबैतिर खोजतलास गर्दा पनि उनी फेला परेका छैनन् भने आज बिहान अपहरणमा संलग्न भनिएको अनिसकुमार साहले बालक महासेठलाई बर्दिबासबाट आएको रोहनले लगेको भनेपछि स्थानीयवासीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ ।

बालक अपहरण गराएको आरोपमा पक्राउ गरी ल्याइएका स्थानीयवासी अनिसकुमार साहलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस