१३ कार्तिक २०८३, शुक्रबार

अवसरवादी सचिवहरुलाई निष्कासन गर्न पूर्व राजा ज्ञानेन्द्र मौन किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-ex-kingपुर्व राजा ज्ञानेन्द्र शाहका अधिकांश सचिव (मध्यस्थकर्ता) र सल्लाहकारहरु अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता भइ दिनाले २०६२।०६३ सालको जनआन्दोलनमा राजसंस्था गएको हो र पुर्व राजा ज्ञानेन्द्र शाहले सजिलै पुर्वक जनताहरुको चाहना, भावना र जनादेशलाई बुझी नारायणहिटी दरबार छोडी महाराजगंज स्थित निर्मल निवास प्रस्थान हुनुभयो ।

पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहको जन्मोत्सवमा होस, दशैंको टिका ग्रहण गर्ने क्रममा होस् र राजाको मुलुक दौडाहा, हिँडडुल र भ्रमण गर्ने क्रममा होस् धेरैजसो नेपाली नागरिकहरु र शुभचिन्तकहरुले पुर्व राजा र पुर्व रानी सामुन्ने सचिवहरुको टिका टिप्पणी गर्ने गर्छन । अझै पनि पुर्व राजा राजसंस्थालाई असफल गराउने अवसरवादी सचिवहरुको घेरा भित्र नै रहेका छन् । विगतमा पुर्वराजाको नारायणीहिटी दरबारभित्र र हाल निर्मल निवासभित्र अवसरवादी तत्वहरुको उपस्थिति रहेको छ ।

पुर्वराजा ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरुको घेराबाट निस्कन सक्ने कहिले ? पुर्व राजा ज्ञानेन्द्र शाहले सचिवहरु अवसरवादी छन् भन्ने थाहा पाएर पनि नेपाली नागरिकहरु र शुभचिन्तकहरुको कुराहरुलाई विश्वास गर्नु भएन कि ? पूर्व राजा ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरुलाई निष्कासन र कार्वाही गर्न मौन (चुपचाप) किन ?

एक्काइसौँ शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधव कुमार नेपालको आमसभामा जनमानसको भिड, काँग्रसको सुशील प्रसाद कोइरालाको आमसभामा जनमानसको भिड तर ती नागरिकहरु राजाका हुन् की ? माओवादीका हुन् की ? एमालेका हुन् की ? काँग्रेसका हुन् की ? कसका हुन् भन्ने केही थाहा हुँदैन । भन्न खोजेको के हो भने आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुराहरुमा पुर्व राजा ज्ञानेन्द्र शाहले ध्यान पु¥याउन पर्दथ्यो । तथा राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।

नेपालमा पुनः राजसंस्था केहि गरेर फर्कियो र आयो भने अवसरवादी सचिव र सल्लाहकारहरुलाई पुर्वराजाले निष्कासन नगरे सम्म राजसंस्था सफल हुन सक्दैन । यसकारण पुर्व राजा ज्ञानेन्द्र शाहले सचिव (मध्यस्थकर्ता) सागर प्रसाद तिमल्सिना र सल्लाहकार तुलसी गिरी आदि आदि जस्ता अवसरवादीहरुको पहिचान गर्ने तर्फ ध्यान केन्द्रीत गरेर निष्कासन गर्नुपर्दछ । बिचार र छवि राम्रो भएकाहरुलाई प्राथमिकता दिई आफ्ना वरिपरि राख्न सक्नु पर्दछ ।

स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
मकवानपुर हेटौंडा