
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको किचेनमा जुम्लाको कालो मार्सी चामल, रुकुमको टाटेसिमिको दाल, लाङटङको कालिज, ढोरपाठटनको मृगको सुकुटी, दुध कोसीको असला माछाको आपूर्ति गर्दै आइरहेका अजय सुमार्गी यतिबेला टाढिएका छन् । धेरै वटा व्यापारमा साझेदार रहेको भनिएका सुमार्गि प्रचण्डसँग किन टाढिए भन्ने कुराले एमाओवादी पार्टीमा ठूलै हलचल ल्याएको छ ।
समाचार स्रोतका अनुसार महासचिव कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेपछि सुमार्गि र प्रचण्डको सम्बन्ध बिग्रेको अनुमान गरिएको छ । अचानक बलियो नेता महरालाई नै डामेपछि अब आफ्नो पालो आउने हो कि ? भन्ने कुरामा अध्यक्ष प्रचण्ड निकै सशंकीत भएका छन् । अर्कोतिर प्रचण्डसँगको बढ्दो हिमचिमले आफू पनि डामिने डरले सुमार्गी आफैं तर्केका हुन् कि ? भन्ने अनुमान पनि एमाओवादी वृतमा गरिने गरेको छ ।
तर अनौठो कुरा के भने सुमार्गी टाढिए पनि प्रचण्ड किचेनमा जुम्लाको मकालो मार्सी, रुकुमको टाटेसिमी, लाङ्टाङको कालिज, ढोरपाटनको मृगको सुकुटी र दुधकोसकिो असला माछाको आपूर्ति नरोकिएको बताइन्छ । यसका जिम्मेवारी खेम्पोछिमेछिरिङ ल्हारक्याल लामाले सम्हालेको एमाओवादी स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोक स्थायी ठेगाना बनाएर नागरिकता प्रमाणपत्र लिएका ल्हारक्यालले सुरुमा कांग्रेसबाट महत्वपूर्ण राजनीतिक नियुक्ती लिएका थिए । उनको संदिग्ध गतिविधिबारे नेपाली कांग्रेसभित्र कुरा उठ्न थालेपछि उनी एमाले प्रवेश गरी सिधै सभासद् र केही समयपछि अर्थराज्यमन्त्री बने ।
कम्युनिष्ट दर्शनको ‘क’ पनि नपढेका धार्मिक नेता १० वर्ष जनयुद्ध लडेको पार्टीको हर्ताकर्ता मात्रै होइन, उक्त पार्टीका अध्यक्ष प्रचण्डको निम्ती सबैभन्दा महत्वपूर्ण कसरी भए ? भन्ने प्रश्न पार्टी भित्र उठी रहेको छ । एमाओवादी स्रोतका अनुसार सिन्धुपाल्चोकका नेता अग्नि सापकोटाका भतिज सुवोध सापकोटा मार्फत ल्हारक्याल लामा अध्यक्ष प्रचण्डको परिवार भित्र प्रवेश गरेका थिए ।
उमेर कम भएपनि एमाओवादी सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका सुवोध सापकोटा राजनीतिमा माहिर खेलाडी मानिन्छन् । सुरुमा उनी र सरल सहयात्रीले ल्हारक्यालको भेट पचण्डको छोरा प्रकाश दहालसँग ठमेलको एक रेस्टुरेन्टमा गराएका थिए । तरुण साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया