२३ कार्तिक २०८३, सोमबार

कार्यदलको बैठक बस्दै, ठोस सहमति खोज्ने प्रयास हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, २७ पुस । मधेसी मोर्चाले मधेस आन्दोलनमा उठाएका ११ बुँदे मागका विषयमा छलफल गर्दै आएको छ सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।

दिउँसो सिंहदरबारमा बस्ने बैठकमा ११ बुँदाका विषयमा दफावार छलफल हुने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा कार्यदलका सदस्य रामनरेश राय यादवले जानकारी दिनुभयो । बैठक १ बजेपछि बस्ने कार्यक्रम छ ।

सीमाङ्कनसहितका माग उठाएको मधेसी मोर्चाले सो विषयमा कार्यदलस्तरमा छलफल गर्दै आएको छ ।

कार्यदलमा भएका सम्वाद र छलफलहरू सकारात्मक रुपमा अगाडि बढेको नेता रायले बताउनुभयो । ‘छलफलहरू चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘ठोस सहमति भइसकेको छैन । छिट्टै सहमति खोज्ने प्रयासमा छौँ ।’