१ कार्तिक २०८३, शनिबार

यी हिरोइन्, जो कुख्यात अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी बहिनी बनिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dawood-ibrahim_Sonakshi-Sinha

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हा मोस्ट वान्टेड अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी बहिनी बन्ने भएकी छिन् ।

दाउदको जीवनमा आधारित नयाँ बन्न लागेको फिल्ममा सोनाक्षी बहिनीको भुमिकामा देखिने पक्का भएको छ । दाउद बहिनी बन्ने भएपछि सोनाक्षी उत्साहित छिन् ।

अपूर्व लाखियाले निर्देशन गर्ने यो फिल्ममा सोनाक्षीलाई प्रमुख पात्रका रुपमा उतारिनेछ । दाउद भारत तथा विश्वकै अण्डरवर्ल्ड डन हुन् । उनी अहिले पनि भुमिगत छन् । उनको जीवनीबारे थोरैलाई मात्र थाहा छ ।

केही समयअघि दाउदका दाहिने हात अष्ट्रेलियामा पक्राउ परेका थिए । उनलाई भारत ल्याएर जेल चलान गरिएको छ । दाउदको नाममा करोडौंको पुरष्कार पनि राखिएको छ ।