नेपालगन्ज, २६ पुस । भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीको सक्रियतामा भारतबाट चोरी गरेर ल्याइएको रु ६० लाख चार हजार ५०० भारु नोट यहाँ बरामद गरिएको छ ।
गत पुस ९ गते भारतको चेम्बुरस्थित एक बिल्डल्र्सको घरबाट चोरी गरिएको सो रकमसहित सोही घरका भान्से लव शाही र चौकीदार जगत शाहीलाई पनि पक्राउ गर्न प्रहरी टोली सफल भएको छ ।
आज अञ्चल प्रहरी कार्यालयमा बरामद नोटसहित अभियुक्तद्वय शाहीलाई सार्वजनिक गरी प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातले घटनाको जानकारी गराउनुभएको हो ।
सो घटनामा संलग्न उपेन्द्र शाही, धिरण शाही र मनुमाया सिंह फरार रहेका जनाइएको छ । रासस












प्रतिक्रिया