१३ कार्तिक २०८३, शुक्रबार

दार्चुला भूकम्पको उच्च जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483बैतडी, २६ पुस । दार्चुला सदरमुकाममा निर्माण भएका संरचना कमजोर भएकाले भूकम्पको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ ।

सदरमुकाम खलङ्गामा बाक्लो बस्ती रहेकाले तथा यसअघि निर्माण भएका अधिकांश व्यक्तिगत घरको बनावट पनि कमजोर रहेको अपि नगरपालिकाको पछिल्लोे अध्ययनले देखाएको नगरपालिका इन्जिनियर महेन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो–“ढुङ्गा माटोबाट बनेको पुराना घरभन्दा अहिले बनिरहेका घर बढी असुरक्षित रहेको र अधिकांश घर सानो जमिनमा चार/पाँचतले बनाउने प्रवृत्तिले जोखिम बढेको हो ।”

दार्चुलामा साना किसिमका भूकम्पको धक्का महिनामा दुई÷तीनपटक आइरहने बताउँदै इन्जिनियर सिंहले भन्नुभयो । “यहाँको भू–बनावट पनि कमजोर रहेकाले संरचना निर्माण गर्दा नगरवासी सबैलाई भवन निर्माण आचारसंहिताको पालना गर्नुपर्नेछ ।”

भवन निर्माणसम्बन्धी आचारसंहितालाई कडाइका साथ लागू गर्ने नगरपालिकाले जनाएको छ । सार्वजनिक क्षेत्राधिकारभित्र बनेका गैरकानुनी संरचना हटाइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रसिंह धामीले बताउनुभयो । “दार्चुला भूकम्पको उच्च जोखिममा रहेको छ”– उहाँले भन्नुभयो– “घर निर्माण गर्दा भूकम्प प्रतिरोधी मात्रै निर्माण गरौँ ।” रासस