१३ कार्तिक २०८३, शुक्रबार

गुण्डागर्दी गर्दै हिड्ने गुरुङ हतियारसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarनुवाकोट, २६ पुस । कुख्यात ‘गुण्डा’ सानु भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्धाका फरार ककनी गाविस–९ बस्ने २६ बर्षीय सानु भाई भन्ने युवराज गुरुङलाई प्रहरीले ३८ बोर रिभल्वर १ थान र सोको गोली १ थानसहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले गुरुङलाई शनिबार रातमाटे गाविस–९ महादेवफाँटबाट बुलेट प्रुफ ज्याकेट लगाई गुण्डागर्दी गर्दै हिडेको अवस्थामा उक्त रिभल्वर र गोली सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।