
काठमाडौं, २६ पुस । हाईड्रोजन बम परीक्षण गरेर विश्वलाई त्रसित बनाएको उत्तर कोरियाविरुद्ध नेपाली पनि उत्रिएका छन् ।
नेपालीहरुले ललितपुरमा रहेको उत्तर कोरियाली दूतावास अगाडि पुस २९ गते धर्ना दिने भएको छन् । आणविक सश्त्रको सदाका लागि अन्त्य गरिनुपर्ने भन्दै मानवअधिकार तथा शान्ति समाजको अगुवाईमा नेपालीहरुले ‘विश्वलाई आणविक अस्त्ररहित विश्व’ बनाउनका लागि हाइड्रोजन बम परीक्षणको विरोधमा दूतावास घेर्ने भएका हुन् ।
उत्तर कोरियाबाट गरिएको हाईड्रोजन बम परीक्षणको निन्दा गर्दै समाजले आणविक अस्त्रको निर्माण, परीक्षण र भण्डारण मानव सभ्यता र बिश्व शान्तिमाथि सदैव खतरनाक रहेको दाबी गरेको छ ।












प्रतिक्रिया