१३ कार्तिक २०८३, शुक्रबार

खानेपानी मन्त्रीको घोषणा- अब घरघरमा पानीको धारा आउँछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prem-Bahadur-singhभक्तपुर, २६ पुस । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सन् २०१७ सम्ममा सबै नेपालीको घरघरमा खानेपानीको धारा पुर्याइने बताउनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले घरघरमा खानेपानी पु¥याउने कार्यको थालनी भक्तपुरबाटै सुरु गर्ने बताउनुभएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयले भक्तपुरलाई इन्टी प्वाइन्टको रुपमा लिएर कार्य योजना थालनी गरेकोे उहाँले बताउनुभयो ।

मन्त्री सिंहले भक्तपुरको महादेव खोला खानेपानी आयोजना अगाडि बढाएमा काठमाडौँ उपत्यकामा नै खानेपानीमा सहजता आउने बताउँदै खानेपानीको समस्या पहिचान गर्न र निराकणको उपाए खोज्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयलाई निर्देशनसमेत दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेले जिल्लामा रहेका खानेपानी तथा सरसफाइका समस्याबारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा युवा गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष नारायण गिरीले खानेपानी तथा सरसफाइ क्षेत्रमा युवाको सिर्जनशील र अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । रासस