२३ कार्तिक २०८३, सोमबार

कांग्रेस उम्मेदवारले कुन पदका लागि कति पैसा तिर्नुपर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २६ पुस । नेपाली कांग्रेसले १३औँ महाधिवेशनमा उम्मेदवार दिन चाहनेहरूका लागि गाउँदेखि केन्द्रसम्मको दस्तुर तोकिदिएको छ ।

कांग्रेसले आज पारित गरेको निर्वाचन निर्देशिकाअनुसार मनोनयन पत्र दाखिला गर्दा गाउँस्तरको सबै निर्वाचनको लागि २ सय तोकिएको छ ।

नगरस्तरबाट हुने सबै निर्वाचनको लागि ५ सय र क्षेत्रबाट हुने सबै निर्वाचनको लागि १ हजार तोकिएको कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख छ ।

जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यको पदको निर्वाचनको लागि ३ हजार, जिल्ला सभापति पदको निर्वाचनको लागि ५ हजार दस्तुर तोकिएको छ ।

केन्द्रीय सदस्यको पदको निर्वाचनको लागि १० हजार र केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महामन्त्री पदको निर्वाचनका लागि १५ हजार रकम तोकिएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय सभापतिका लागि हुने निर्वाचनमा भने कांग्रेसले उम्मेदवारसँग २० हजार दस्तुर लिने जनाएको छ । नाम फिर्ता लिएमा पनि सो दस्तुर रकम फिर्ता हुने छैन ।