काठमाडौं, २६ पुस । काठमाडौं उपत्यकामा आइतबार अपराह्न भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको गुर्जुधारालाई केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
अपराह्न ४ बजेर २४ मिनेटमा गएको भूकम्पको धक्का थानकोट, कलंकी र त्यस नजिकका उपत्याकाका केही भूभागमा महसुस गरिएको केन्द्रले जनाएको छ ।
यसअघि शनिबार रामेछापलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।












प्रतिक्रिया