२३ कार्तिक २०८३, सोमबार

पूर्व राजा ज्ञानेन्द्र भन्छन्- मैले दरबार मात्रै छोडेको हुँ, घरबार होइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra_Shah

काठमाडौं, २६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार मात्रै छाडेको बताएका छन् ।

आइतबार एक प्रेस वक्तव्य जारी गरी शाहले ‘मैले दरबार मात्रै छोडेको हुँ, नेपाली घरबार छोडेको छैन’ भनेका छन् । पूर्व राजा शाहले राष्ट्रिय एकता दिवस तथा २९४ औं श्री ५ पृथ्वीनारायण जयन्तीको अवसरमा राष्ट्र र जनताका नाममा यस्तो सन्देश व्यक्त गरेका हुन् ।

‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन । अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन,’ वक्तव्यमा भनिएको छ ।

उनले अब नेपाली जनताले को कसरबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनुपर्दछ भन्ने पनि समयको माग रहेको पनि उल्लेख गरेका छन् ।

पूर्व राजा शाहले सोचनीय कुरा भन्दै देश भित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्तो वख्डा भएका छन् त्यो राम्रो होइन भनेका छन् ।

अर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादक र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको प्रती चिन्ता जनाएका छन् । ‘नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ त्यो गम्भिर चिन्ताको विषय हो,’ वक्तव्यमा भनिएको छ ।

यस्तो छ वक्तव्यः

Gyanendra-Saha