१३ कार्तिक २०८३, शुक्रबार

तीन दिने नेपाल भ्रमण सकेर फर्किए राष्ट्रसंघका उपमहासचिव फेल्टम्यान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flatmanकाठमाडौँ, २५ पुस । संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यान नेपालको तीनदिने भ्रमण पूरा गरी आज साँझ न्युयोर्क प्रस्थान गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । साथै उहाँले उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, तराई मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेता, प्रधानसेनापतिलगायतसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

उपमहासचिव फेल्टम्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको थियो । रासस