१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रसंघ अन्तर्गतको युनिसेफको कार्यकारी बोर्डमा नेपाल छानियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Unicefकाठमाडौँ, २५ पुस । नेपालले आजदेखि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को कार्यकारीको कार्यभार सम्हालेको छ ।

यसअघि एसिया प्रशान्त क्षेत्रले आफ्नो समूहको तर्फबाट नेपाललाई सन् २०१६–१८ का लागि सर्वसम्मतिबाट चयन गरेको हो ।

उक्त क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई कार्यकारी बोर्डको ब्युरो उपाध्यक्षमा आज निर्विरोध निर्वाचित गरेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगले जनाएको छ ।

चौध वर्षको अन्तरालपछि नेपालले युनिसेफको कार्यकारी बोर्डमा काम गर्ने अवसर पाएको हो । यसअघि नेपालले सन् १९८२ देखि १९८५, सन् १९९२ देखि १९९५ तथा सन् २००२ देखि २००४ सम्म बोर्डमा रही काम गरिसकेको छ ।

विश्व शान्ति स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको राष्ट्रसङ्घीय विशेष कमिटीका स्थायी समिति सदस्य नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रशासकीय तथा बजेट समितिको नेतृत्व पनि गर्दै आएको छ ।

सन् २०१३ देखि २०१५ सम्म राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को सदस्य तथा राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) एसिया प्रशान्त क्षेत्रको कार्यकारी बोर्डको उपाध्यक्षमा रहेर नेपालले आफ्नो जिम्मेवारी पूरा गरिसकेको छ ।

राष्ट्रसङ्घीय बडापत्रमा उल्लिखित सिद्धान्त तथा उद्देश्यप्रति अटल निष्ठा राख्दै आएको नेपालले बितेका छ दशकदेखि यस विश्व संस्थामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । रासस