१३ कार्तिक २०८३, शुक्रबार

रोजगारीका लागि जापान गएको तीन महिनामै भण्डारीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-image

टोकियो (जापान), २५ पुस । रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट हटियाँ–३ लौनपानीका ३९ वर्षीय रविलाल भण्डारीको मृत्यु भएको छ ।

तीन महिनाअघि रोजगारीका लागि कुक भिसामा जापान आएका भण्डारीको राजधानी टोकियोको इतावासी सहरमा शुक्रबार मृत्यु भएको हो । बेलुकाको खाना खाई सुतेका भण्डारीको ओच्छ्यानमै मृत्यु भएको गल्कोट समाज जापानका अध्यक्ष हर्क थापाले जानकारी दिनुभयो ।

चार वर्र्षदेखि होटल टोकियोमा व्यवसाय गर्दै आएका बागलुङका व्यवसायी घम्मर साहनीले भण्डारीले यहाँ आएदेखि नमस्ते रेस्टुरेन्टमा काम गर्दै आएको बताउनुभयो । रासस