२३ कार्तिक २०८३, सोमबार

नेपालका मानव अधिकारवादीलाई पनि नछाड्ने राजकुमार लेखीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar-Lekhiकाठमाडौं, २६ पुस । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु नेता राजकुमार लेखीले नेपालका मानव अधिकारवादी ‘मानवअधिकारवादी’ नभएर ‘डलरवादी’ भएको बताउनु भएको छ ।

शनिबार राजधानीमा ‘मधेशी पत्रकार समाज’ले आयोजना गरेको कार्याक्रममा थारु नेता लेखीले नेपालमा रहेका अधिकांश मानव अधिकारवादी संघ/संस्थाले थारु, मधेशी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेतीमात्र गरेको अरोप लगाउनु भएको हो । नेता थारुले भने, ‘यो देशको मानव अधिकारवादीहरु थारु, मधेशीमाथि भइरहेको विभेदको बारेमा बोल्न सकेको छैन, अनि हामी उनीहरुमाथि कसरी विश्वास गर्ने ?’

टीकापुरमा थारुहरुमाथि भएको अन्यायको बारेमा किन यहाँका मानव अधिकारवादी बोल्न सकेन ? मानवअधिकार त निश्पक्ष पो हुनुपर्छ तर यहाँ मानवअधिकार भनेको सेतो छालावालाहरुको लागि मात्र रहेको जिकिर गर्नुभयो । उनले अझै थपे– ‘यहाँका मानवअधिकारवादी, विभेदकारी छन्, जातियवादी छन् र अब त्यसको प्रतिवाद पनि हुनुपर्छ ।’ नेपालका सेतो छाला भएको मानव अधिकारवादीहरुले तराई मधेशको आन्दोलनलाई भड्काउने काम गरिरहेको उनको आरोप थियो ।

आफूहरु मधेशी मोर्चासँग सहकार्य गरेर आन्दोलन गरिरहेको स्पष्ट पार्दै लेखीले जबसम्म सरकारले तराई मधेशको माग पुरा गर्दैन त्यति बेला सम्म नाकाबन्दी पनि खुल्दैन् भने ।

तराई मधेशमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकाले लिनुपर्ने उनको भनाई छ । उनले भने– यसलाई प्रष्टसँग भन्ने हो भने, केपी ओली, कृष्ण सिटौला, भीम रावल, लेखराज भट्ट र शेरबहादुर देउवाले हत्या गराईरहेका छन् ।