काठमाडौं, २५ पुस । नेपालकै चर्चित सामसुङ मोबाइलको तेस्रो शोरुम चितवनको नारायणघाटमा स्थापना भएको छ ।
सामसुङको फ्रानचिज अवधारणा अनुसार नारायणघाटमा खोलिएको एक्सक्लूसिभ सोरुमको शुक्रबार टीग्रेटेड मोविलिटी सोलुसन(आइएमएस)का प्रेजिडेन्ट दिकेश मलहोत्रा, सिनियर म्यानेजर प्रणयरत्न स्थापित र सोरुमका संचालक दिवाकर गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
इन्टीग्रेटेड मोविलिटी सोलुसन(आइएमएस) सामसुङका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हो ।
उद्घाटन समारोहमा बोल्दै आइएमएसको प्रेजिडेन्ट दिकेश मलहोत्राले आगामी दिनमा देशका अन्य भागमा समेत फ्रानचिज मोडेलमा सामसुङका एक्सक्लूसिभ सोरुम बिस्तार गर्दै लैजाने योजना रहेको बताए ।
आइएमएसबाट ब्राण्ड प्रयोगको अधिकार लिएर नारायणघाटका व्यवसायी दिवाकर गुरुङले सोरुम सञ्चालनमा ल्याएका हुन् । सोरुममा सामसुङ ब्राण्डको मोबाइलका नेपालमा उपलब्ध सबै भर्सनहरु उपभोक्ताले पाउनेछन् ।
सोरुम उद्घाटनमा आइएमएसका सेल्सहेड राम श्रेष्ठ, एसिस्टेन्ट सेल्सहेड बन्टी सिंह र रिटेल हेड नमिता ढुंगेलको उपस्थिति थियो ।















प्रतिक्रिया