१३ कार्तिक २०८३, शुक्रबार

पच्चीस प्रहरी पुरस्कृत, तेइस कारबाहीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeभोजपुर, २५ पुस । जिल्ला प्रहरी कार्यलय भोजपुरले २५ प्रहरीलाई पुरस्कृत तथा २३ जनालाई कारबाही गरेको छ ।

गाँजा फँडानी र फरार अभियुक्त पक्राउ अभियानमा उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी नायब निरीक्षक दुई, , प्रहरी सहायक निरीक्षक छ, प्रहरी हवल्दार पाँच र प्रहरी जवान ११ जना छन् । उनीहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।

प्रहरीको आचरण विपरीत काम गर्ने प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक दुई दुई, प्रहरी हवल्दार पाँच, प्रहरी जवान १२, प्रहरी कार्यालय सहयोगी एक गरी २२ जना अभिलेखजन्य कारबाहीमा तथा एक प्रहरी निरीक्षक सख्त चेतावनीको कारबाहीमा परेको बताइएको छ ।

गत भदौदेखि भोजपुर प्रहरीले फरार अभियुक्त पक्राउ र गाँजा फँडानीलाई विशेष प्राथमिकतामा राखेर अभियान नै चलाएको थियो, जसमा अहिलेसम्म १२२ अभियुक्त पक्राउ परेका छन् भने ३३७ रोपनी जग्गामा गाँजा फँडानी गरेको छ । रासस