काठमाडौँ, २५ पुस । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानलाई लिएर सधै राजनीतिक खेती गरिरहन नहुने बताउनुभएको छ ।
संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको संविधान संवाद र विवादित अन्तरवस्तु नामक पुस्तक लोकार्पणमा उहाँले संविधानमाथि धेरै राजनीतिक भएकाले विकास निर्माण पछाडि परेको धारणा राख्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले संविधान दलबीचको न्यूनतम सहमतिको दस्तावेज भएकाले त्यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले २००७ सालदेखिको संविधानमाथिको राजनीतिक खेल खेलिरहने र आफूहरु नसुध्रिने तर संविधानलाई तह लगाउने खेती भइरहेको टिप्पणी गर्नुभयो ।












प्रतिक्रिया