काठमाडौं, २५ पुस । सामान्य प्रशासन मन्त्रालयले आधिकारिक ट्रेड युनियनको चुनाव गराउन श्रम मन्त्रालयलाई पचात्रार गरेको छ । सामान्य प्रसाशनमन्त्री रेखा शर्माको पहलमा आधिकारिक ट्रेड युनियनको चुनाव गराउन पहल भएको थियो ।
सोही पहलअनुसार केही दिनअघि सामान्य प्रशासनमन्त्री शर्माले विभिन्न आस्था राख्ने कर्मचारी संघ/संगठनहरूसँग परामर्श गर्नुभएको थियो ।
सोही परामर्शका आधारमा आगामी चैत महिनाभित्र आधिकारिक ट्रेड युनियनको चुनाव गराउन श्रम मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री शर्माका प्रेस संयोजक विनोद घिमिरेले जानकारी दिए ।
‘सामान्य प्रशासन मन्त्रीको पहलमा विभिन्न ट्रेड युनियनहरूसँग छलफल हुँदै आएको थियो’, प्रेस संयोजक घिमिरेले भन्नुभयो, ‘चैतमिहनाभित्र एउटा मात्रै ट्रेड युनियन रहने गरी चुनाव हुन्छ ।’
आधिकारिक ट्रेड युनियनको पहल भएपनि चुनाव हुने सकेको थिएन । मन्त्री शर्माले निजामती कर्मचारीलाई चुस्तदुरुस्त र उनीहरूको हकअधिकारका लागि आफ्नै पहलमा यस्तो प्रयास गर्नुभएको हो ।
मन्त्री शर्माको यो प्रयासलाई कर्मचारी संघ/संगठनहरूले सराहनासमेत गरेका छन् ।












प्रतिक्रिया