१३ कार्तिक २०८३, शुक्रबार

सपना रसालीले विष सेवन गर्नुको कारण खोज्दै प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisadi nepal Poisonपाल्पा, २५ पुस । विष सेवनबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ ।

गुल्मी रुरु गाविस–७ की ४१ वर्षीय सपना रसालीको आज बिहान ६ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा तानसेन–४, सिल्खानटोल बस्दै आएकी उनले हिजो ३ बजे विष सेवन गरेको थाहा पाएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी गराएको छ ।

रसालीले कुन विष सेवन गरेको भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस