१३ कार्तिक २०८३, शुक्रबार

८० हजार घुसहित नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख रंगेहात पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthierकाठमाडौँ, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका योजना प्रमुख श्यामकाजी पियालाई कार्यस्थलबाटै आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार योजना प्रमुख पियाले निर्माण व्यवसायीसँग रु ८० हजार घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले घुससहित पक्राउ गरेको हो ।

आयोगका अनुसार योजना प्रमुख पियालाई घुस रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित प्रगतिनगरको कुर्मी टोल जाने बाटोको कुल लागत रु आठ लाख ४६ हजार ८८८ मध्ये उपमहानगरको अनुदान रकम रु पाँच लाख आठ हजार रहेको छ ।

यस्तै स्थानीय स्वशासन तथा सामुदायिक विकास कार्यक्रमको अनुदान रकम रु एक लाख ६९ हजार ४४४ र स्थानीय जनश्रमदान रु एक लाख ६९ हजार ४४४ गरी उपभोक्ता समितिबाट ग्राभेलिङ र ढलान गरी लागत इस्टिमेटअनुसार निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

निर्माण कार्य सम्पन्न भएको प्रतिवेदनसहित भुक्तानी पाउन अनुरोध गर्दा नियमानुसार कार्य नगरी आलटाल गरेको र सेवाग्राहीसँग घुस मागेको आयोगको भनाइ छ । रासस