काठमाडौं, २४ पुस । अफगानिस्तान र पाकिस्तानमा फेरि भूकम्प गएको छ । भारतको जम्मू र कश्मीरका केही भाग पनि भूकम्पबाट हल्लिएका छन् ।
भूकम्पको तीव्रता ५.५ रेक्टर स्केल मापन गरिएको छ । स्थानीय समयअनुसार दिउँसो २ बजेर ३७ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु हिन्दकुश क्षेत्र रहेको छ ।
यो भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन् । केही दिनअघि भारतको मणिपुर केन्द्र भएको ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।












प्रतिक्रिया