२३ कार्तिक २०८३, सोमबार

विदेशीको स्वार्थमा संविधान संंशोधन गरिन लागेको उपप्रधानमन्त्री केसीको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-Bdr-Kcधनगढी, २४ पुस । उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संंशोधन विद्येयक विदेशीको स्वार्थमा पारित गरिन लागेको खुलासा गरेका छन् ।

राष्ट्रिय जनमोर्चा कैलालीको तेस्रो जिल्ला अधिबेशनको शुक्रबार उद्घाटन गर्दै विदेशीको स्वार्थमा फसेर केही दलहरुले संविधान संशोधन विद्येयक दर्ता गराएको उनले अरोप लगाए ।

केसीले विदेशीको स्वार्थमा संविधान संशोधन विद्येयक तयार पारेर राष्ट्रिय अखण्डता, राष्ट्रियता, सार्वभौमिकता र अस्मितामाथि सौदाबाजी नगर्ने बताए । उनले अहिलेको सरकार कसैको घुर्कीदेखि नझुक्ने र जनताको हित विपरित कार्य नगर्ने दाबी गरेका छन् ।

अहिलेको सरकार कसैको दबाबमा नभई आफ्नै बलबुताले बनेको पनि उनले दाबी गरेका छन् । ‘अहिलेसम्मका संविधानहरु विदेशीको दबाबमा जारी भएका थिए’ उनले भने ‘नेपालको संविधान २०७२ कुनै पनि विदेशीसँगको दबाबमा नभई आफैले लेखेर जारी गरेका छन् ।’

अहिलेको संविधान विदेशी र छिमेकीको ईसारामा नलेखिएकै कारण भारतले देशभित्र नाकाबन्दी गरेको उनले बताएका छन् । ‘अहिलेको सरकारले कसैसँग सल्लाह सुझाव नलिएर आफै संविधान जारी गरेकै कारण भारतले निजी स्वार्थ पुरा गर्न देशमा नाकाबन्दी गरेको छ’ उपप्रधानमन्त्री के.सीले भने ‘भारतले निजी स्वार्थ पुरा गर्न भित्री मधेशका केही दलाललाई उठाएर आन्दोलन गराईएको हो ।’ भारतका केही दलालहरुले भित्री मधेशमा संविधानबारे गलत प्रचार प्रसार गरेर भ्रम फैलाएको उनले बताए ।