१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्धारा विकास विज्ञ नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pmकाठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई वार्ताका लागि आज पत्र पठाउनुभएको छ ।

गठबन्धनका संयोजक समिम अन्सारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिखित पत्र पठाउनु भएको हो ।

पत्रमार्फत प्रधानमन्त्रीले गठबन्धनका मागहरु वार्ता र संवादबाटै सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आह्वान गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्रीले आफ्नो वरिष्ठ आर्थिक तथा विकास विज्ञमा धादिङ निवासी इन्जिनियर गजेन्द्र थपलियालाई आज नियुक्त गर्नुभएको छ ।

नेपाल बुध्दिजीवी परिषदका केन्द्रीय सदस्य समेत रहनु भएका थपलिया पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ ।