१३ कार्तिक २०८३, शुक्रबार

दिल्लीबाट फर्केर राजेन्द्र महतोले नाकामा फेरि धर्ना दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devendra-yadav

काठमाडौं, २४ पुस । सद्भावना पार्टीका सहमहासचिव तथा विदेश विभाग प्रमुख देवेन्द्र यादवले पार्टी अध्यक्ष राजेन्द्र महतो दिल्लीबाट फर्किए लगतै फेरी वीरगञ्जको मितेरी पुलमा धर्ना दिने बताउनु भएको छ ।

शुक्रबार राजधानीमा ‘मधेशी पत्रकार समाज’ले आजोजना गरेको कार्यक्रममा सहमहामन्त्री यादवले ‘सरकार र मोर्चाबीच जारी वार्ता सफल नभए केही दिनमा हाम्रो अध्यक्ष ज्यू, दिल्लीबाट आउनुहुन्छ र हामी फेरी मितेरी पुलमा धर्ना दिन्छौं । अबको हाम्रो लडाई वारवारको हुन्छ ।’

मोर्चाले जति लचक्ता अपनाएपनि सरकार कठोर भएर आउँछन् अनि कसरी वार्ता सफल हुन्छ ? उहाँले भन्नुभयो, ‘हामी मधेशीको अधिकारकोलागि आन्दोलन गर्दा प्रधानमन्त्री केपी ओली लगायत केही नेताहरुले त्यसलाई सम्प्रदायिकताको संज्ञा दिन्छन् तर ति नेताहरु मधेशको म पनि सुन्न चाहेको छैन ।’

उनले थपे– ‘मधेशीले मोचीदेखि महाकालीसम्मको बोडरमा हेडलाइटका काम गरेको छ र देशको रक्षापनि ।’ ‘तर यहाँ त्यही मधेशीलाई भारतीय दृष्टिकोणले हेर्ने नजर पहिला परिवर्तन हुनुपर्छ’ सह महासचिब यादवको भनाई थियो ।