काठमाडौ, २४ पुष । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी फेब्रुअरी महिनाको दोस्रो साता हुने जानकारी गराएका छन्
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण फेब्रुअरीको दोस्रो साता हुने गरी तयारी भईरहेको छ । भ्रमणमा नयाँ योजना र अन गोईङ्ग विषयहरुमा काम गरिरहेका छौ ।’
उनले प्रधानमन्त्री ओलीले पहिला भारत भ्रमण गरे दुई देशको सम्बन्ध सुधार हुने भन्दै ओलीको भारत भ्रमणको रहस्य खुलाए ।
राजदूत उपाध्यायले नेपाल भारत सम्बन्ध करेक्सन गर्ने मोडमा पुगेको उल्लेख गर्दै भने– ‘पहिला भारत र नेपाल विपरित दिशामा थिए । अहिले भारतको सोचमा पनि बदलाव आउन थालेको छ । छिटो समस्या समाधान गरेर नेपाल भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलामा रहेको उचाईमै पुर्याउनु पर्छ भन्ने थालेका छन ।’
नेपाल भारत सम्बन्धलाई तातो पीडालुको संज्ञा दिदै उनले खाँदा पनि मुख पोल्ने नखाँदा पनि खान मन लाग्ने खान मनलाग्ने तर खान नसक्ने खाल्को भएको बताए ।
राजदुत उपाध्यायले कसैको नाम नलिई भारत भ्रमणका कस्ले कस्लाई के भन्छ भन्यो भन्ने कुरा उचित नभएको भन्दै यस्ता विषयमा परराष्ट्र मन्त्रालयको भूमिका स्थापित गर्नु पर्नेमा जोड दिए ।
उनले नेपालको निर्णय नेपाल आफैले गर्नु पर्ने भन्दै अहिलेको झगडाले नेपाल र भारत कसैलाई पनि फाईदा नहुने तर्फ सचेत गराए ।












प्रतिक्रिया