१३ कार्तिक २०८३, शुक्रबार

विद्यालयमा राजनीतिक अखडा नबनाउन उपप्रधानमन्त्री थापाको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapaहेटौँडा, २४ पुस । उपप्रधानमन्त्री तथा परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विद्यालयमा राजनीतिक अखडा नबनाई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन थलोको रुपमा विकास गर्न आह्वान गर्नुभएको छ ।

उहाँले मकवानपुर जिल्ला गडी गाविस वडा नं ४ स्थित कुरले दमारम प्लान नेपाल मकवानपुरद्वारा निर्मित वंशगोपाल माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले हिंसालाई प्रोत्साहन नदिई संसदीय प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियतालाई बलियो तुल्याउन सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सो अवसरमा व्यवस्थापिका–संसद्का सदस्यद्वय गणेश थापा र इन्द्रबहादुर बानियाँले राष्ट्रको आवश्यकता पूरा गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र देशभक्तिको भावना जगाउने जीवनोपयोगी शिक्षा मुलुकलाई खाँचो रहेको बताउनुभएको थियो ।

वंशगोपाल माविका प्रधानाध्यापक पूर्णभद्र चौलागाईंले गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकको सक्रियता आवश्यकता रहेको बताउनुभयो । रासस