काठमाडौं, २४ पुस । प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत असार १ गते प्रकाशित बिज्ञापन अनुसार विभिन्न प्रतियोगिता अन्तर्गत लिइएको अन्तिम अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका खुल्ला, अमर/असक्त प्रहरी परिवार र समावेशी समूह तर्फका उम्मेदवारहरुको योग्यताक्रम अनुसार नतिजा बिहिबार प्रकाशन गरिएको छ ।
उक्त प्रतियोगितामा सम्मिलित उम्मेदवारहरुको महानगरीय प्रहरी शिक्षालय महाराजगंज, जुनियर अधिकृत शिक्षालय भरतपुर, क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु बिराटनगर, बुटवल, नेपालगंज र दिपायलमा परीक्षा संचालन गरिएको थियो ।
अन्तिम नतिजाको बिस्तृतविवरण नेपाल प्रहरीको वेवसाइट(http://nepalpolice.gov.np/)मा समेत राखिएको छ ।












प्रतिक्रिया