२३ कार्तिक २०८३, सोमबार

भारतलाई काउन्टर दिँदै प्रधानमन्त्री ओलीले गरे अर्काे ठूलो घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले अब ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने घोषणा गरेका हुन् । भारतले नाकाबन्दी लगाएपछिको प्रधानमन्त्री ओलीको यो दोस्रो ठूलो घोषणा हो ।

शुक्रबार नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने युगको अन्त्य गर्दै घरघरमा पाइपलाइनबाट ग्यास पुर्याइदिने बताएका हुन् ।

केही समयमै मुलुकको इन्धन संकट समाप्त पार्ने प्रधानमन्त्रीको उद्घोष छ । सरकारले डिजेलबाट चल्ने सवारी-साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले देश विकासका ल्याएका योजनालाई सफल पारेरै छाड्ने दृढता व्यक्त गरे ।