
– विमल योगी
काठमाडौं, २४ पुस । आन्दोलन फिर्ता लिने विषयमा छलफल गर्न बसेको आन्दोलनरत मधेसी मोर्चाको बैठक विना निष्कर्ष टुंगिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बसेको बैठक गृहकार्य नपुगेको भन्दै भोलीसम्मका लागि स्थगित भएको तमलोपाको महामन्त्री गोविन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘आवश्यक गृहकार्य नपुगेको र संविधान संशोधन विधेयकमा अध्ययन गर्नुपर्ने भएकाले भोलीसम्मका लागि बैठक स्थगित भएको छ । भोली विहान फेरि बस्छ ।’
यता सदभावनाका महासचिव मनीष सूमनले आज विभिन्न कार्यक्रमहरु भएको र पर्ख र हेरको नीतिले गर्दा मधेसी मोर्चाले निर्णय गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार मधेसका माग सम्बोधनबारे सरकारको मनस्थिती, कार्यदल वार्ताको प्रतिफल र संविधान संशोधन विधेयकमा समेटिएका मधेसका मागबारे भोली बैठक बसेर निर्णय लिइनेछ ।
यसैबीच मधेसवादी दलका नेताहरुले आज अपराह्न संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्री फ्याटम्यानलाई भेट्दैछन् ।












प्रतिक्रिया