राजविराज, २४ पुस । सप्तरीमा दिनदहाडै एक युवकमाथि गोली प्रहार भएको छ ।
शुक्रबार दिउँसो राजविराज नगरपालिका–२ चनौरा पडरियामा अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय १७ वर्षीय चन्द्रशेखर ठाकुर घाइते भएका हुन् ।
बायाँ पाखुरामा गोली लागेका ठाकुरलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लगिएको एसपी भीम ढकालले जानकारी दिनुभयो ।
घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई नचिनेका व्यक्तिले गोली हानेका थिए । गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार सप्तरीको झुट्की प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बाको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।












प्रतिक्रिया