२३ कार्तिक २०८३, सोमबार

आन्दोलनको नाममा मधेसवादी दलका नेता यसरी असुल्छन् चन्दा (प्रमाणसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surendra Jha
तमलोपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार झा

– सन्तोष कुुमार
सिरहा, २४ पुस । विभिन्न बहानामा चन्दा असुली गर्ने शैली अलग अलग हुन्छ । कसैले फोनबाट धम्की दिएर चन्दा असुल्छन् त कसैले चिठी लेखेर । तर तमलोपाका एक केन्द्रिय नेताले मधेस आन्दोलनको नाममा फरक शैली अपनाएर चन्दा असुल्न सफल भएका हुन् ।

प्रसँग हो सिरहाको चन्द्रउदयपुरस्थित मारुती सिमेन्ट उद्योग र तमलोपाका केन्द्रिय सदस्य डा. सुरेन्द्र कुमार झाको । नेता झाले मधेस आन्दोलनको नाममा उद्योगसँग लाखौं रकम असुली गरेको रहस्य खुलेको छ । उनले उद्योगलाई आर्थिक सहयोग मागेको पत्र नै सार्वजनिक भएपछि रकम असुलीको रहस्य खुलेको हो ।

नेता झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मिर्चैया क्षेत्र नम्बर ५ को तर्फबाट हस्ताक्षर गरेर गत कार्तिक २१ गते मारुती सिमेन्ट उद्योगमा पठाएको पत्र सार्वजनिक भएको छ । उक्त पत्रमा आर्थिक सहयोगलाई छोटकरीमा आ. स. मात्र लेखेका छन् । उक्त पत्रमा उद्योग संचालनमा राख्न समेत सांकेतिक भाषा प्रयोग गरिएको छ ।

तर नेता झाले आ. स. भनेको आर्थिक सहयोग नभएर आवश्यक सहयोग भएको बताउँछन् । मोर्चाकै निर्णय अनुसार उद्योगमा पत्र पठाएर आर्थिक सहयोग गर्न भनेको उनले दावी गरे । तर कस्तो आवश्यक सहयोग मागेको विषयमा केही बोल्न सकेन् ।

स्रोतका अनुसार मोर्चाका नेताहरु अहिले हरेक सरकारी कार्यालयका प्रमुख, ठूला उद्योगका संचालक, निजी विद्यालयका संचालक र व्यापारीहरुसँग मधेस आन्दोलन चर्काउनुपर्ने भन्दै चन्दा असुली गरिरहेका छन् ।

chanda letter