कञ्चनपुर, २४ पुस । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ खत्री टोलकी बाघको आक्रमणमा परी गम्भीर घाइते भएकी कालीदेवी खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
भारतको बरेलीस्थित अस्पतालमा भर्ना गरिएकी खत्रीको गएराति मृत्यु भएको स्थानीयवासी निर्मल गिरीले जानकारी दिनुभयो । शुक्लाफाँटा वन्यजन्तु आरक्षको पिपरैया क्षेत्रमा यही पुस १ गते बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । आहाराको खोजीमा निस्केको बाघले खत्रीको मुखको पूरै छाला झिकेको अवस्थामा फेला पारी स्थानीय बासिन्दाले अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । रासस












प्रतिक्रिया