काठमाडौँ । मुलुकमा एउटा पार्टी छ, नेकपा(एमाले) । नयाँ शक्ति बनाउने भन्दै हिडेका डा बाबुराम भट्टराईले त एमालेको लिङ्ग नछुट्टिएको भन्दै सार्वजनिक रुपमा नै आलोचना गर्दथे । जस्तो निर्णय गरे पनि हुने, जता अर्थ लगाएपनि हुने भएकाले उनले त्यसो भनेको बताउँथे । पछिल्लो पटक एमाले भित्र सोही प्रवृत्ति पुनारावृति भएको छ ।
सभामुख भइसकेको व्यक्तिलाई एमालेले संसदीय दलको उपनेता बनाएको छ । त्यो पनि केही ओलीको प्रस्तावमा । सभामुख राज्यको मर्यादा क्रममा पाँचौ नम्बरमा पर्ने व्यक्ति हुन् । राज्यको पद र प्रतिष्ठामा रहेका र दश वर्ष भन्दा लामो समय सभामुख चलाइसकेका व्यक्ति त्यो भन्दा माथिल्लो पदमा जान खोज्छ । तर नेम्वाङ पद र प्रतिष्ठाको ख्याल नगरिकन एमालेको संसदीय दलको उपनेता बनेका छन् । पार्टीको अर्को गुट माधवकुमार नेपाललाई थाहै नदिइ संसदीय दलका नेता समेत रहेका ओलीले आफ्नै गुटका नेम्वाङलाई उपनेता र आफ्नै गुटका भानुभक्त ढकाललाई प्रमुख सचेतक बनाएका छन् ।
आफूहरुसँग कुनै सल्लाह नै नगरिकन उपनेता र प्रमुख सचेतक बनाएको भन्दै ओली विरुद्ध मोर्चा बन्दी लडाईमा उत्रने माधव नेपाल पक्षले बताएको छ । नेपाल पक्षले ओलीले शक्ति र प्रभावको बलमा आफूखुसी गरेको भन्दै मोर्चा बनाएर लडाई गर्ने चेतावनी दिएको छ । मन्त्री छनौटमा आफूखुसी गरेको, मन्त्रालय फोडेको, राज्यकोषको दोहन गरेको भन्दै नेपाल पक्षले सडकमा नै ती विषय लैजाने तयारी गरेको छ ।
माधव नेपाल पक्षले उपनेतामा सुरेन्द्र पाण्डे र सचेतकमा राजेन्द्र पाण्डेलाई बनाउन चाहेको थियो । एमाले संसदीय दलमा नेपाल पक्षलाई पूर्ण रुपमा बढारिएको छ । संसदीय दलको नेतामा ओली छन् । उपनेतामा नेम्वाङलाई ल्याइपछि प्रमुख सचेतकमा ढकाल ल्याइएको छ । सचेतकमा ओली गुटका गोकुल घर्ती छन् । संसदीय दलमा आफ्ना पक्षलाई पेलेको भन्दै नेपाल पक्षले ओली विरुद्ध वारपारको लडाई गर्ने बताएका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया