काठमाडौं, २४ पुस । बैंककमा उपचार गराई रहनुभएका वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन जानुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कदै हुनुहुन्छ ।
दाहालसँग उहाँकी पत्नी सीता दाहाल र पुत्र प्रकाश दाहालका साथै सांसद ल्याहरक्याल लामा काठमाडौं फर्कने स्रोतले जनाएको छ । दाहालले आफ्नो दलका सचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी लिनुको भएको थियो ।
जण्डिसका कारण बिरामी पर्नु भएका पुनले झण्डै एक महिनादेखि बैंककमा उपचार गराई रहनु भएको छ ।















प्रतिक्रिया