२३ कार्तिक २०८३, सोमबार

संविधानभन्दा बाहिर गएर मधेसी मोर्चासँग सहमति हुँदैन : भीम रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौं, २४ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले मधेसी मोर्चासँगको कार्यदलस्तरमा भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सबै विषयमा केन्द्रित भएर छलफल चलिरहेको बताउनुभयो ।

उहाँले सबै विषयमा सकारात्मक रुपमा कुराकानी भएको उल्लेख गर्नुभयो । ‘संविधानमा अहिले भएको व्यवस्थाभन्दा बाहिर गएर मधेसी मोर्चासँग कुनै पनि हालतमा कुरा हुँदैन’, रावलले भन्नुभयो ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका मन्त्री रावलले भूगोल र जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने बताउनुभयो । ‘जनसंख्याका साथै हाम्रो जस्तो मुलुकमा भूगोलकाका आधारमा निर्वाचन क्षेत्र बनाइनु पर्छ’, उहाँले भन्नुभयो, ‘सीमाङ्कनका विषयमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर गएर कुनै सहमति वा निर्णय हुँदैन ।’

मधेसी मोर्चाले भनेको नागरिकताको विषयमा विवाद नरहेको भन्दै मन्त्री रावलले नागरिकताको प्रावधानको व्यवस्थालाई अलि ध्यान दिएर हेर्न आग्रह गर्नुभयो ।

मधेसी मोर्चाले नागरिकता, सीमाङ्कन र निर्वाचन क्षेत्रका विषयमा विभिन्न माग राख्दै आएको छ । मधेसी मोर्चाका मागप्रति छलफल भए पनि ठोस सहमति हुन सकेका छैनन् ।