काठमाडौं, २४ पुस । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले आफू कार्यरतभन्दा माथिल्लो तहमा आन्तरिक प्रतिस्पर्धा गरेर बढुवाको सुविधा पाउने भएका छन् ।
विद्यालय तहको शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन पहिलो पटक यस्तोे व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यस व्यवस्थाले विद्यालय तहमा कार्यरत शिक्षकलाई पेसामा दत्तचित्त भएर लाग्न प्रोत्साहन मिल्ने विश्वास मन्त्रालयले लिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मन्त्रालयका अनुसार शिक्षाको स्तर उकास्न शिक्षकलाई प्रतिस्पर्धी बनाउनु पर्ने सरोकारवालाको सुझावअनुसार शिक्षकलाई यस्तो अबसर दिन लागिएको हो ।
यस्तो सुविधा अहिले निजामती सेवामा कार्यरत शिक्षकलाई मात्र दिइएको छ ।















प्रतिक्रिया