काठमाडौं, २४ पुस । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेको भन्दै एमालेभित्र असन्तुसष्ट फेरि चुलिएको छ ।
मंगलवार स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङलाई दलको उपनेता बनाएपछि पुन असन्तुष्टि सुरु भएको हो ।
व्यक्ति छनोट ठीक भएपनि छनोटको प्रक्रिया गलत गरी नेम्वाङलाई उपनेता बनाइएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरु उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो ।
यस्तै एमालेका तर्फवाट ९ पुसमा ६ राज्यमन्त्री थप गर्दा ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूह असन्तुष्ट भएको थियो ।
यसअघि प्रधानमन्त्री भएपछि पहिलो पटक गरेको मन्त्रिपरिषद विस्तारलार्इ लिएर एमालेभित्र विवाद थियो ।















प्रतिक्रिया