३१ आश्विन २०८३, शनिबार

आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति वितरण शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ime (3)

काठमाडौं, २३ पुस । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ल्याएको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति वितरण शुरु गरेको छ ।

Ime (2)

कलंकी काठमाडौंस्थित एडमार्क कलेजबाट छात्रवृत्ति पाएका छात्र कृष्ण बहादुर साउदलाई आज ग्लोबल आईएमई बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा चेक हस्तान्तरण गरेर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

त्यस्तै आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकमा कार्यरत बरिष्ठ पदाधिकारीहरुले कुमारीपाटी ललितपुरस्थित ओमेगा कलेजमा अध्ययनरत छात्रा लक्ष्मि शाहलाई चेक हस्तान्तरण गरेका थिए ।

Ime (1)

भूकम्पले अति प्रभावित १४ जिल्ला लागायत देशभरमा स्कुल/कलेजमा अध्ययनरत विधार्थी मध्येबाट एक सय जना विधार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराईएको हो ।